+
+
Shares

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे नारायणकाजी

संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता

नेता श्रेष्ठका अनुसार आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उनी आज अस्पताल पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनका घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेट्नुभएको छ।
  • श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभयो, 'चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ।'
  • घाइतेमध्ये ४१ जना उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ र श्रेष्ठले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

१८ असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगेका छन् ।

नेता श्रेष्ठका अनुसार आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उनी आज अस्पताल पुगेका हुन् ।

‘चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसअघि ४१ जना घाइते उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ ।’

नेता श्रेष्ठले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘साथै, उहाँहरूको सौर्यमय संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’ नेता श्रेष्ठले सामाजिक सञ्जालमै लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?