+
+
Shares

बागमतीमा बढ्दै बाढीको बहाव (तस्वीरहरू)

बागमतीमा बाढीको बहाव बढ्दा काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज १८ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती नदीमा लगातारको झरीका कारण बाढीको बहाव बढ्दै गएको छ र टेकु दोभानमा करिडोरमा बाढी पस्न थालेको छ।
  • सवारी साधनहरू टेकु दोभानमा बाढीका कारण चल्न छाडेका छन् र काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • जल तथा मौसम विभागले भोलीसम्म निरन्तर वर्षा रहने र बाढी तथा डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउन म्यासेजमार्फत अनुरोध गरेको छ।

१८ असोज, काठमाडौं । शुक्रबारदेखि लगातारको झरीका कारण बागमती नदीमा बाढीको बहाव बढ्दै गएको छ ।

टेकु दोभानमा रहेको करिडोरमा बागमतीको बाढी पस्न थालेको  छ भने सवारी साधनहरू चल्न छाडेका छन् ।

बागमतीमा बाढीको बहाव बढ्दा काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विभागले भोलीसम्मै निरन्तर वर्षा रहने बताएको छ । नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

म्यासेजमा भनिएको छ, ‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले बाढी र डुबान हुने क्षेत्रहरुमा भोलिसम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?