
News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ।
- पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६, कलैयामा २१०.६ र निजगढमा १५७.८ मिलिमिटर वर्षा भएको छ।
- मौसमविदहरुले असोज २० गतेसम्म थप वर्षा हुने र उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।
१८ असोज, काठमाडौं। बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ । आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यसपछि धेरै वर्षा पर्सामा भएको छ । पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ ।
बारामा कलैयामा २१०.६, निजगढमा १५७.८, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ ।
मौसमविदहरुले आज राति थप वर्षा हुने पूर्वानुमान गरेका छन् । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन उनीहरुले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4