
१८ असोज, काठमाडौं । सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो ।
झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न आवश्यक परे हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।
गृह मन्त्रालयले झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउन स्थानीय प्रशासनहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्यसका लागि ७७ जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायहरूको फोन नम्बर सार्वजनिक गरेको छ ।
उसले अलपत्र परेकाहरूलाई सुरक्षित ठाँउमा सार्न निर्देशन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4