+
+
Shares

बागमती किनारका स्थानीयले छाड्न थाले बस्ती (तस्वीरहरू)

बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरू बस्ती छाड्न थालेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज १८ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाले बागमती नदीमा आएको बाढीले थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरूलाई बस्ती छोड्न बाध्य पारेको छ।
  • स्थानीयहरूले गतवर्षको बाढीबाट क्षति भोगेपछि यसवर्ष पहिला नै भाग्ने पूर्वतयारी गरेका छन्।
  • अहिले नभागेकाहरूले पनि बाढी बस्तीभित्र छिर्नासाथ घर छोड्न तयारी अवस्थामा रहेको बताएका छन्।

१८ असोज, काठमाडौं।अविरल वर्षाले बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न  थालेका छन् ।

थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोड्न थालेका हुन् ।

गतवर्ष आएको बाढीका कारण पनि निकै क्षति बेहोरेको बताएका उनीहरु यसवर्ष पहिला नै आफूहरुले भाग्ने पूर्वतयारी गरेको बताउँछन् ।

अहिले नभागेकाहरु भने बाढी बस्तीभित्र छिर्नासाथ घर छोड्न सामान पोको पारेर तयारी अवस्थामा रहेको बताए ।

‘कतिपय निस्किरहनुभएको छ । हामीचाहिँ केहीबेर हेर्छौ । भाग्नको लागि सबै तयारी अवस्थामा छौँ । आवश्यक सामान पोको पारेर राखेका छौँ,’ उनले भने ।

यस्तै थापाथलीका सुकुम्बासी बस्तीका बासिन्दालाई भने नजिककैको विद्यालयमा सार्ने तयारी गरिएको छ ।

थापाथलीमा बस्ती नजिकै रहेको विश्व निकेतन स्कुलमा बस्तीबासीलाई सार्ने तयारी रहेको काठमाडौं महानगर प्रहरी उपरिक्षक विष्णु जोशीले अनलाइनखबरलाई बताए ।

‘विश्व निकेतनमा सार्ने तयारी रहेको छ । हामी यहाँ काम गर्दै छौँ । बनाउँदै छौँ,’ जोशीले भने, ‘थापाथलीका बासिन्दालाई तपाईंहरु यता सर्नुपर्छ भनेका छौँ । उहाँहरुले पनि त्यसैगरी तयारी गरिरहनुभएको छ । कतिपय आफैँ बस्न थाल्नुभएको छ ।’

हेर्नुहोस थप तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?