+

भिनिसियसको दुई गोलमा रियल फेरि शीर्ष स्थानमा

२०८२ असोज  १९ गते ८:२३ २०८२ असोज १९ गते ८:२३
भिनिसियसको दुई गोलमा रियल फेरि शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले भिनिसियस जुनियरको दुई गोल मद्दतमा भियारियाललाई ३-१ ले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।
  • खेलमा ७७औं मिनेटमा सान्टियागो माउरिन्होले रातो कार्ड पाउँदा भियारियाल दश खेलाडीमा सीमित भएको थियो।
  • रियलले ८ खेलबाट २१ अंक जोडेको छ ६ खेलबाट १९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ।

१९ असोज, काठमाडौं । भिनिसियस जुनियरको दुई गोल मद्तमा भियारियाललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो ।

भिनिसियसले ४७औं मिनेटमा केलिएन एमबाप्पेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरी अग्रता दोब्बर पारे ।

भियारियालका मिकाउटाड्जेले ७३औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर एमबाप्पेले ८१औं मिनेटमा ब्राहिम डियाजको पासमा गोल गर्दै रियलको जित पक्का गरे ।

७७औं मिनेटमा सान्टियागो माउरिन्हो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भियारियल दश खेलाडीमा समेटिएको थियो ।

जितपछि ८ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट १६ अंकसहित भियारियल तेस्रो स्थानमै छ ।

रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना १९ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनाले आइतबार सेभियासँग खेल्दैछ र शीर्ष स्थानमा उक्लने मौका छ ।

रियल मड्रिड ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय