
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर र काभ्रेको सिमाना साँगामा खसेको पहिरो पन्छाइएको छ जसपछि अवरुद्ध सडक खुलेको छ।
- झोलुंगे पुल छेउ सूर्यमोडमा ढुंगा र लेदो सहितको पहिरोले शुक्रबारदेखि बाटो अवरुद्ध भएको थियो।
- सूर्यविनायक–धुलिखेल खण्ड निर्माणाधीन छ र निर्माण नसकिँदा यात्रुहरुले सास्ती बेहोर्दै आएका छन्।
१९ असोज, काठमाडौं । भक्तपुर र काभ्रेको सिमाना साँगामा खसेको पहिरो पन्छाइएको छ। पहिरो पन्छाइएसँगै अवरुद्ध सडक खुलेको छ ।
भक्तपुर र काभ्रेको सिमाना नजिकै रहेको झोलुंगे पुल छेउ सूर्यमोडमा ढुंगा र लेदो सहितको पहिरो खस्दा शुक्रबारदेखि बाटो अवरुद्ध भएको थियो ।
यसअघि एकतर्फी रूपमा सञ्चालित सडक पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको हो ।
सूर्यविनायक–धुलिखेल खण्ड निर्माणाधीन अवस्थामा छ । बाटो निर्माण नसकिँदा यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् । असोज १७ र १८ गतेको वर्षाले पनि बाटो बन्द हुँदा यात्रुहरुले सास्ती खेपे ।
हेर्नुहोस् साँगा क्षेत्रका तस्वीरहरु-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4