+
+
Shares

सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

टानले पदयात्रीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३ सय मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १४:२०
सगरमाथा क्षेत्र । फाइल फोटो

१९ असोज, काठमाडौं । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ।

नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ ।

संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?