+
+
Shares

अपडेट : विराटनगरमा बाढी बस्तीमा पस्दा १७६ परिवार विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १३:५४

१९ असोज, विराटनगर । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा विराटनगरका १७६ परिवार विस्थापित भएका छन् ।

मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार बाढी र कटानका कारण मोरङ जिल्लामा २५१ परिवारका १ हजार २० जना प्रभावित छन् । ति मध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका हुन् ।

केशलीया खोलामा आएको बाढी विराटनगर महानगरपालिका– १२ बखरीको सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ बन्दै गरेको फ्याक्ट्रीमा उद्धार गरी राखिएको छ।

सिंघिया खोलामा आएको बाढी विराटनगर महानगरपालिका– २ पूर्वटोलामा पस्दा ३५ घर डुबानमा परेको छ । ती घरका १५० जना स्थानीय सुरक्षित स्थानमा सरेका छन् ।

विराटनगर महानगरपालिका– ५ शंकरबारी टोलमा केशलीया खोलाको बाढी २० वटा घरमा पसेको छ । ती परिवारका  ७० जना स्थानीय पनि आफन्तको घर गएका छन् ।

विराटनगर महानगरपालिका– ८ को सुकुम्बासि बस्तीमा सिंघिंया खोला पस्दाम ११ घरका ४० जना विस्थापित भएका छन् । उनीहरु आफै सुरक्षित स्थानमा सरेका छन् ।

सिंघिया खोलामा आएको बाढी पस्दा विराटागरसँगै जोडिएको कटहरी गाउँपालिका– १ बख्खु टोलका  ३५ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ ।

प्रहरीका अनुसार सुनबर्षी नगरपालिका– ६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ । उर्लाबारी– १ बोडरलाईनमा रतुवा खोलाले पनि साइड बाँध कटान गरी बस्तीमा बाढी पसेको छ ।

सुनवर्षी नगरपालिका– ३ बाहुनटोलमा पनि बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । मिक्लाजुङ गाउँपालिका– ६ मलामीटहेरामा नुनसरी खोलाको बाँध कटान गरेको छ ।

बाढी र डुबानका कारण विस्थापित भएकाहरुलाई विभिन्न संघसंसस्थाले राहत सामग्री तथा खाना वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?