
१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालल प्रकोपको जोखिम अझै बाँकी रहेको बताएका छन् ।
‘अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।
विपद्को अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरु, जंगी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरु, नागरिक समाज र सम्पूर्ण पक्ष जनताको सेवामा उत्रिन आवश्यक रहेको बताएका छन् ।
मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्व राहत सुविधाहरु पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन उनले सरकारसँग माग गरेका छन् ।
बाढी र डरलाग्दो पहिरोको विनाश सृजना भईरहेको, कैयौ घर खेत बगेका वा पुरिएको, तराई क्षेत्रमा डुवानको समस्या सृर्जना भएको र पहाडी क्षेत्रमा बाढी र पहिरोको पीडाबाट जनताको ठूलो संख्या घरबार बीहिन बनेको उनले बताएका छन् ।
राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएको र देश नै वर्षा, बाढी र पहिरोको प्रकोपले आक्रान्त बनेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4