+
+
Shares

वायुसेवा निगमको भैरहवा उडानको समय बदलियो, भोलि एक बजे मात्रै हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १७:५८

१९ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ ।

दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।

दुईवटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ ।

‘काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ,’ निगमका प्रवक्ता सुवास डाँगीले अनलाइनखबरलाई जानकारी दिए ।

आजै उडान गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा एप्रुभल लेटर समेत पुगिसकेको थियो । तर, निगमले समय तालिका परिवर्तन गर्दै भोलि मात्रै उडान गर्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिवलाई तत्काल उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

सोही अनुसार, मुख्यसचिवले जिल्ला प्रशासनमार्फत काम अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?