+
+
Shares

नेपालबाट बाहिरिन सुरु गर्‍यो मनसुन

यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो बाहिरिन सुरु गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १४:१०

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर  २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते)देखि बाहिरिन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?