+
+
Shares

जेनजी आन्दोलन क्षतिमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्‍यो पौने २२ करोड भुक्तानी

हालसम्म हिमालयन एभरेस्ट मार्फत बीमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ वटा दाबीमध्ये २ सय ४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ रुपैया भुक्तानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ र २४ भदौको जेनजी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी प्रक्रिया सुरु गरेको छ।
  • हालसम्म २ सय ८७ दाबीमध्ये २ सय ४५ दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ रुपैयाँ भुक्तानी भइसकेको कम्पनीले जनाएको छ।
  • कम्पनीले दाबी भुक्तानी २१ असोजदेखि पुनः सुरु गर्ने र बाँकी दाबीका लागि नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

२० असोज, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको यथाशीघ्र दाबी भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ ।

हालसम्म हिमालयन एभरेस्ट मार्फत बीमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ वटा दाबीमध्ये २ सय ४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ रुपैया भुक्तानी भएको छ ।

उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलन क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले बताए ।

कम्पनीका अनुसार उच्च प्राथमिकता साथ भइरहेको दाबी भुक्तानी २१ असोजदेखि पुनः यथावत हुनेछ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थिति ध्यानमा राख्दै बिमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बिमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको छ ।

यसका साथै हिमालयन एभरेस्ट मार्फत बीमा भई क्षतिपूर्ति दाबी भुक्तानी बाँकी रहेका बिमितलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

आन्दोलन क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?