+
+
Shares

सिन्धुलीको नेपालथोकबाट पनि बनाउन थालियो बीपी राजमार्गका बगेको डाइभर्सन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:२१

२० असोज, काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षा पछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सिन्धुलीको नेपालथोकबाट पनि सुरु भएको छ ।

नेपालथोकबाट पनि बीपी राजमार्गका बगेको डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय खाल्डेले बीपी राजमार्गको नेपालथोक पट्टीबाट डाइभर्सन बनाउन सुरु गरेको हो । सडक डिभिजन कार्यालय खाल्डेका सूचना अधिकारी सुदर्शन उप्रेतीले अहिले २ वटा स्काभेटर प्रयोग गरेर डाइभर्सनको लागि खोला फर्काउने कार्य भइरहेको जानकारी दिए ।

सडक डिभिजन कार्यालय भक्तपुरले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु गरिसकेको छ ।

बीपी राजमार्गको नेपालथोक हुँदै काठमाडौं जाने ठाउँको सडक रोशी खोलाले कटान गरेको हुँदा बैकल्पिक रूपमा खुर्कोट मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली– हेटौंडा हुँदै सवारीसाधनहरू काठमाडौं गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?