News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला क्लब च्याम्पियनसिपको खेलतालिका साफले सार्वजनिक गरेको छ।
- प्रतियोगिता डिसेम्बर ५ देखि दशरथ रंगशालामा सुरु हुनेछ।
- उद्घाटन खेलमा कराँची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।
२० असोज, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको साफले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।
डिसेम्बर ५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।
सोही दिन नेपालको एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमीसँग खेल्नेछ ।
प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।
राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।
प्रतिक्रिया 4