+
+
Shares

दशैंपछिको प्रारम्भिक कारोबारमा घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंपछि खुलेको पहिलो दिनको सेयर बजार सुरुवाती चरणमा नेप्से परिसूचक २० अंक घटेर २६४३ मा कायम भएको छ।
  • आधा घण्टासम्मको कारोबारमा विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा समूहका सूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
  • पूर्वी इलामका बाढीले एक दर्जन बढी हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको र उत्पादन बन्द भएको छ, जसले हाइड्रोपावर र निर्जीवन बीमा सेक्टरलाई असर गर्ने अनुमान छ।

२१ असोज, काठमाडौं । दशैंपछि खुलेको पहिलो दिनको सेयर बजार सुरुवाती चरणमा घटेको छ ।

नियमित कारोबार सुरु भएको आधा घण्टामा नेप्से परिसूचक २० अंक घटेर २६४३ मा कायम भएको छ । प्रिओपनिङ कारोबारमा पनि बजार १ अंक घटेको थियो । ३० मिनेटसम्म जम्मा ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आधा घण्टासम्मको कारोबारमा अधिकांश सेक्टरका सूचक घटेका छन् । विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा समूहका सूचक १ प्रतिशतभन्दा धेरै घटेका छन् ।

कारोबार भएको आधा घण्टासम्म भगवती हाइड्रोपावरको मूल्य ३.२३, बुद्धभूमिको २.६३ प्रतिशत बढेको छ । त्यस्तै भूगोल इनर्जीको मूल्य ६ प्रतिशत घटेको छ ।

यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, एभरेस्ट बैंक र साहस ऊर्जा छन् ।

हालैको बाढीका कारण पूर्वी इलामका एक दर्जन बढी हाइड्रोपावर कम्पनीमा क्षति पुगेको छ र उत्पादन बन्द छ । यसले गर्दा हाइड्रोपावर र निर्जीवन बीमा सेक्टरलाई बढी असर पर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?