+
+
Shares

तम्घास–सिमलटारी सडकका ठाउँ–ठाउँमा खाल्डा, मर्मतमा छैन चासो

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले विभिन्न ठाउँमा सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको वर्षौं बित्दासमेत मर्मतमा भने ध्यान नदिइएको यात्रुहरुको गुनासो छ ।

अनिल खत्री अनिल खत्री
२०८२ असोज २१ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी सडकखण्ड भत्किएर जोखिमपूर्ण बनेको छ।
  • सडक कार्यालयले मर्मतमा चासो नदिँदा ६ वर्षअघि कालोपत्रे सडक भत्किएर यात्रुहरू जोखिममा परेका छन्।
  • करिब १ अर्ब रुपैयाँ लागतमा कालोपत्रे गरिएको राजमार्ग गुल्मी, बाग्लुङ र प्युठानसम्म सवारी आवतजावतको मुख्य मार्ग हो।

२१ असोज, गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी सडकखण्ड भत्किएर जोखिमपूर्ण बनेको छ । सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका घुम्तीहरूमा सडक भत्किए पनि मर्मतमा सडक कार्यालयले चासो नदिँदा यात्रामा जोखिम बढेको हो । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षाको भेल बग्ने गरेको छ ।

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले विभिन्न ठाउँमा सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको वर्षौं बित्दासमेत मर्मतमा भने ध्यान नदिइएको यात्रुहरुको गुनासो छ ।

६ वर्ष पहिले कालोपत्रे भएको सडक भत्किन थालेसँगै आउ–जाउ गर्ने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।

बिरामी लिएर रातको समय हिँड्दा जोखिम हुने गरेको सवारी चालक गोबिन्द्र कुँवरले बताए । उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दासमेत सम्बन्धित निकायको ध्यान नगएको बताए ।

सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरूलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए । राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी साधनले पेलेर आउँदा थप जोखिम मोल्नु परेको कुँवरले बताए ।

राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निर्माण सम्पन्न भएको थियो । सडकको छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक जीर्ण बन्दै गएको छ ।

करिब १ अर्ब रुपैयाँको लागतमा कालोपत्रे गरिएको राजमार्ग भएर गुल्मी–२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?