+
+
Shares

बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने

‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:४८

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेको थियो ।

स्रोतका अनुसार प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । ‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने, ‘२४ घण्टाभित्र जाहेरी दर्ता भएन भने थप अगाडि बढ्छौं ।’

तीन वटा विषयलाई लिएर जाहेरी दिएको उनले बताए । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको उनले बताए । तर, प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ  आयोगमा पठाएको थियो ।

भदौ २३  गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका  मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?