+
+
Shares

कांग्रेसका दुई निवर्तमान सांसदले फिर्ता गरे रातो पासपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १८:४१

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद्वय प्रतिमा गौतम र सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् ।

संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका हुन् ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै सांसदहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता गर्न थालेका हुन् ।

यसअघि रास्वपाका सांसदहरूले पनि रातो पासपोर्ट र सांसदको लोगो फिर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?