
२२ असोज, काठमाडौं । स्थानीय बजारमा स्याउ र अनारको मूल्य घट्दा एभोकाडोको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले यी फलफूलको मूल्यमा घटबढ देखाएको हो ।
आज बुधबार कालीमाटी बजारमा फुजी स्याउको मूल्य घटेको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ८८ रुपैयाँमा किनबेच भएको फुजी स्याउको मूल्य आज ८ रुपैयाँ घटेर २ सय ८० रुपैयाँ कायम भएको छ ।
आज अनारको मूल्य प्रतिकिलो ११ रुपैयाँ घटेको छ । मंगलबार प्रतिकिलो ३ सय ३४ रुपैयाँमा किनबेच भएको अनार आज ३ सय २३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।
यस्तै आज बुधबार एभोकाडोको मूल्यमा भने बढोत्तरी भएको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ७५ रुपैयाँमा किनबेच भएको एभोकाडो आज प्रतिकिलो ३५ रुपैयाँले बढेर ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4