News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्।
- आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्रको रेटिङ २१६ पुगेको भएपनि उनी पाँचौं स्थानमा राखिएका छन्।
- पाकिस्तानका सायम अयुब टी-२०आई अलराउण्डर वरियताको शीर्ष स्थानमा छन् भने कुशल भुर्तेल २४औं स्थानमा छन्।
२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र पाँचौंमा झरेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेपछि सार्वजनिक भएको वरीयतामा उनी चौथोमा यथावत् थिए ।
शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र रहेको थियो । त्यसबेला उनको रेटिङ २०९ बाट २१४ मा बढ्दा पनि चौथोमा यथावत् रहेका थिए ।
यद्यपी अहिले उनको रेटिङ २१६ पुगेको भएपनि उनी पाँचौं स्थानमा राखिएका छन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा भारतका हार्दिक पान्ड्या र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन् । बलिङमा ललित राजवंशी १ स्थान तल (४८औं स्थानमा) झर्दा सन्दीप लामिछाने २ स्थान तल (८७औं स्थानमा) झरेका छन् ।
प्रतिक्रिया 4