News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल शितोरियो कराते संघले मलेसियाको क्वालालम्पुरमा डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ।
- संघका अध्यक्ष दावा गुरुङले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- एरिकाले ६८ केजीमाथिको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।
२२ असोज, काठमाडौं । नेपाल शितोरियो कराते संघले मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल ‘हिमालयन वारियर’ एरिका गुरुङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।
संघका अध्यक्ष दावा गुरुङले एरिकालाई १ लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाएको नेपाल कराते संघले जनाएको छ ।
एरिकाले ६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै स्वर्ण जितेकी थिइन् ।
यो उपलब्धिले नेपाली कराते खेलको इतिहासमा नयाँ अध्याय थपेको भन्दै संघले एरिका र प्रशिक्षक श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया 4