+
+
Shares

सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से परिसूचक ४५.३६ अंक घटेर २५५९ अंकमा कायम भयो।
  • फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३ प्रतिशतले घटेका छन्।
  • बजार घट्दा पनि कारोबार रकम ५ अर्ब ७६ करोड पुगेको छ।

२२ असोज, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ ।

प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो । दिउँसो १ ः ४१ बजे नेप्से २५३५ अंकसम्म झरे पनि त्यसपछि सामान्य सम्हालियो । १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो ।

आज फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३/३ प्रतिशत घटे । बैंकिङ १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशत घटे ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको भयो । आत्मनिर्भर लघुवित्तको ६ तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । आज मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे ।

प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशत घट्यो । त्यस्तै मञ्जुश्री फाइनान्सको ५.९६, फस्र्ट माइक्रोफाइनान्सको ५.५३ तथा सयपत्री हाइड्रोपावरको ५.४७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?