
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर महँगिएको छ भने युरो, जापानी येन लगायतका केही मुद्राहरू सस्ता भएका छन्।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा पुगेको छ । हिजोको तुलनामा खरिददर र बिक्रीदर दुवैमा ४ पैसा वृद्धि भएको हो । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो ।
तर युरोपियन युरो भने सस्तो भएको छ । हिजो एक युरोको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा रहेकोमा आज घटेर क्रमश: १६४ रुपैयाँ ८८ पैसा र १६५ रुपैयाँ ५८ पैसा पुगेको छ ।
यस्तै, जापानी येन पनि आज सस्तो भएको छ । हिजो १० येनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेकोमा आज घटेर ९ रुपैयाँ २९ पैसा र ९ रुपैयाँ ३३ पैसा कायम भएको छ।
पाउण्ड स्टर्लिङ भने हल्का महँगो भएको छ । हिजोको १९० रुपैयाँ खरिददर र १९० रुपैयाँ ८१ पैसा बिक्रीदर रहेकोमा आज बढेर खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा पुगेको छ ।
अष्ट्रेलियन डलर र क्यानेडियन डलर दुवैमा सानो गिरावट देखिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४७ पैसा कायम हुँदा हिजो यो क्रमश: खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, चिनियाँ युआन आज स्थिरजस्तै छ । आज चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँमा तय भएको छ ।
साउदी रियाल, कतारी रियाल र युएई दिराममा पनि उल्लेख्य परिवर्तन देखिएको छैन ।
कुवेती दिनार भने अलि महँगो भएको छ । हिजो कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा रहेकामा आज बढेर क्रमश: ४६४ रुपैयाँ ९ पैसा र ४६६ रुपैयाँ ६ पैसा पुगेको छ ।
नेपालसँगको भारतीय रुपैयाँ भने सधैंझैं स्थिर छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार दिनभरमै विनिमय दर संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले प्रयोग गर्ने दरमा सानो फरक हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया 4