+
+
Shares

बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवतजावतमा समस्या

चरिकोट-खाडिचौर सडकको प्रयोग

हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट- मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ ।

रासस रासस
२०८२ असोज २३ गते ६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या आएको छ।
  • तराई र पूर्वी जिल्लाबाट आएका सवारीसाधनहरूले खुर्कोट-मन्थली-चरिकोट-मुडे-खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्।
  • मन्थलीस्थित देवकोटा चोकबाट बसपार्क हुँदै काठमाडौं जाने र उल्टो दिशामा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

२३ असोज, रामेछाप । यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ ।

हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट- मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ ।

सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ।

बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।

दशैं मनाएर आआफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?