+
+
Shares

जेनजी आन्दोलनमा वाणिज्य बैंक लुटपाट आरोपमा २ जना समातिए

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको आरोपमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठलाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरुबाट करिब चार लाख रुपैयाँ र केही सुन बरामद भएको प्रहरीले जनाएको छ।
  • लुटपाटको क्रममा फालेको पाँच लाख १० हजार ५ सय रुपैयाँ ललितपुर घर भएका सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका थिए।

२३ असोज, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरी स्रोतले बताएको छ ।

यसअघि एक जनाले उक्त बैंकको पाँच लाख रकम प्रहरीमा बुझाएका थिए । जेनजी आन्दोलनको क्रममा बैंक लुट्ने समूहले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ ललितपुर घर भएका सुरेश देउलाले २९ भदौमा जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका थिए ।

देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला’ भन्दै पैसाको बिटो फालेका थिए ।

त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका थिए । योे बैंक लुट्ने पाँच जनालाई सेनाले त्यतिबेलै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?