News Summary
Generated by OK AI. Editorially reviewed.- गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौंका प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा कागजात तथा मिसिलहरू नष्ट भएका छन्।
- मिसिल नष्ट भएपछि अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको छ र प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंले आफूसँग भएका कागजातहरू लिएर सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ।
२८ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा कागजात तथा मिसिलहरू नष्ट भएका छन् ।
उक्त मिसिलहरू नष्टहरू हुँदा अपराध अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन समस्या भएको छ । मिसिल नष्ट भएपछि प्रहरीले पीडित तथा निवेदन दिनेहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्र्दै भनेको छ, ‘तोडफोड र आगजनीबाट कागजता तथा मिसिलहरू नष्ट भएकाले पीडित तथा निवेदन दिनेहरूले प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले आफूसँग भएका कागजातहरू लिएर सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4