+
+
Shares

उत्तेजना र प्रतिशोधभन्दा माथि उठौं : रमेश लेखक

जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १५:३४

२४ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ । ती मागलाई पनि बुझेर लोकतन्त्रको मूल्य मान्यतालाई राखेर अघि बढाउनुपर्ने जरुरी छ,’ लेखकले भने, ‘अहिले उत्तेजित हुने, आग्रह/पूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?