
२४ असोज, काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा बगाएको १९ स्थानमा डाइभर्सन बनाएर अवरुद्ध राजमार्गमा ट्र्याक खुलेको छ ।
बीपी राजमार्गको काभ्रे खण्डमा १६ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरि ट्राक खुलेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
सडक डिभिजन कार्यालय भक्तपुरको प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालावेशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको छ ।
डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले राजमार्ग खुलाउन बिहीबार रातभरि काम गरिएको जानकारी दिए । ट्राक खुले पनि यातायात सञ्चालनमा भने केही समय लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको थियो ।
राजमार्गमा दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको थियो भने रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालावेशी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको थियो । त्यस्तै बर्खेखोला देखि नेपालथोक सम्म तीन स्थानमा डाइभर्सन बगाएको थियो ।
गत असोजमा बगेर बनाईएको डाइभर्सन यो पटक सबै बगाएको थियो ।
प्रतिक्रिया 4