
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरू बोल्ने क्रम नसकिएपछि शनिबार पनि बस्ने भएको छ ।
बिहीबारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागि भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि शनिबारका लागि बैठक बोलाइएको हो ।
मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । उनले आगामी २६ गते बस्ने पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै साही पेरिफेरीमा छलफल भइरहेको पनि बताए ।
‘कार्यसम्पादन समितिमा रहेका साथिहरू समेत बसौं भनेर आज हामी पदाधिकारी र पूर्वपदाधिकारीहरूको मिटिङ बस्यौं । यद्यपि अझै नेताहरूले बोल्नेक्रम पूरा भएको छैन । केही साथीहरूले बोल्न बाँकी रहेकोले फेरि भोलि बिहान ११ बजेको लागि बैठक बोलाइएको छ,’ उनले भने, ‘अहिले देशमा विद्यमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने र राष्ट्रिय राजनीतिमा खडा भएको प्रश्नबारे पनि ठोस समान धारणा बनाउने विषयमा केन्द्रित भएर हामी छलफल गरिरहेका छौं । अगामी २६ गतेको बैठकमा समान धारणा लिएर ठोस निष्कर्ष निकाल्नको लागि गृहकार्य र एजेण्डा तय गर्न छलफल भइरहेको छ ।’
पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्नेबारे नेताहरूबीच मतभेद देखिन्छ ।
प्रतिक्रिया 4