+
+
Shares

देउवालाई शशांकले भने- तत्काल कार्यवाहक सभापति तोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १६:२६

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ उनले भने, ‘एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?