
२६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दुई हजार बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका १८ वटा संघ संस्थाको रजाइँ रहेको पाइएको छ ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनमा १८ वटा संघसंस्थाको रजाइँ रहेको उल्लेख गरिएको छ ।
‘पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृङ्खलामा शैक्षिक माफियाको दादागिरी चलेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
त्रिविको स्वामित्वमा रहेको कीर्तिपुर स्थित झन्डै १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसावले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।
‘तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी जमिन त्रिविले भोगचलन गरेको छ भन्ने जस्ता समाचारहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया 4