
News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सेयर बजारमा कुल ४ अर्ब ९७ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ।
- टप १० ब्रोकरमार्फत कुल २ अर्ब ३२ करोडको खरिद र २ अर्ब ५ करोडको बिक्री भएको छ।
- एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीमा धेरै कारोबार भएको छ।
२७ असोज, काठमाडौं । सोमबार सेयर बजार कुल ४ अर्ब ९७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकरको हिस्सा ४४ प्रतिशत हो ।सोमबार टप १० ब्रोकरमार्फत कुल २ अर्ब ३२ करोडको धितोपत्र खरिद हुँदा २ अर्ब ५ करोडको बिक्री भएको छ ।
सोमबार ठूला १० ब्रोकरमध्ये ९ मार्फत बिक्रीको तुलनामा खरिद बढी देखिएको छ । नासा, भृकुटी, क्यापिटल म्याक्स, भिजन, अनलाइन, इम्पेरियल, आर्यतारा, श्री कृष्ण र सनी सेक्युरिटिजमार्फत खरिद बढी भएको छ ।
एउटा ब्रोकर त्रिशक्तिमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । लगानीकर्ताले यी ब्रोकरको टीएमएस प्रयोग गरी कारोबार गरेको तथ्यांक हो ।
यी ब्रोकरमार्फत आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर, शिवम् सिमेन्ट लगायत कम्पनी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4