
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकासहित देशभर लगातार तीन दिन झरी पर्यो जसले पहाडमा पहिरो र तराईमा बाढीले डुबान पुर्यायो।
- मौसम पूर्वानुमान महाशाखाले यसवर्षको मनसुन नेपालबाट बाहिरिएको बताएको छ।
- झरीपछि काठमाडौंको सडक हिलाम्मेबाट सहज बनेको छ र ललितपुरको सन्तानेश्वर महादेवबाट उपत्यका मनमोहक देखिएको छ।
२७ असोज, ललितपुर । काठमाडौं उपत्यकासहित देशभर लगातार तीन दिन झरी पर्यो। झरी र वर्षाका कारण केही ठाउँमा मानवीय तथा भौतिक क्षति पनि बेहोर्नु पर्यो। पहाडमा पहिरो र तराईमा बाढीले डुबान पार्यो। असोज लागिसक्दा पनि लगातारको झरीले काठमाडौं उपत्यकाका खोला, नदीमा बाढीले आफ्नो रोद्रो रुप देखाएको थियो।
झरीको तीन दिनपछि घाम लागेर काठमाडौंको आकाश राम्रोसँग खुलेको छ। मौसम पूर्वानुमान महाशाखाले यसवर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको बताएको छ ।
झरीले हिलाम्मे बनेको काठमाडौंको सडक अब सहज बनेको छ। मौसम खुलेसँगै ललितपुरको सन्तानेश्वर महादेवबाट काठमाडौं उपत्यकालाई हेर्दा मनमोहक देखिएको छ।
हेर्नुहोस् थप तस्वीहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4