+
+
Shares

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिको छैठौं अधिवेशन काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोजमा काठमाडौंमा आयोजना हुने भएको छ।
  • अधिवेशनमा २०२५ देखि २०२७ कार्यकालका लागि नयाँ पदाधिकारीहरू चयन गरिनेछन् र तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
  • इनास ग्लोबलले असहज परिस्थिति र अन्य कारणले सांस्कृतिक कार्यक्रम स्थगित गर्दै अधिवेशन सफल बनाउन सबै सदस्यलाई सहयोगको आह्वान गरेको छ।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् ।

नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित गरिएको इनास ग्लोबलले जनाएको छ ।

ग्लोबल महासचिव राजमान तामाङका अनुसार, पदाधिकारीको सुझाव तथा ग्लोबल अध्यक्ष, संस्थापक अध्यक्ष, संरक्षक र सल्लाहकारसँगको परामर्शपछि अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरिएको हो ।

विधानले तोकेको समयमा अधिवेशन सम्पन्न गर्नु संस्थाको अनिवार्य कर्तव्य भएकाले यो कदम उठाइएको बताइएको छ ।

अधिवेशन तयारी अन्तर्गत वर्तमान अध्यक्ष रामचन्द्र थापाको अध्यक्षता र संस्थापक अध्यक्ष पुष्प बरुवालको पहलमा विभिन्न बैठक र छलफल सम्पन्न भैसकेका छन् ।

ती बैठकले अधिवेशनलाई सुचारु र सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अघि बढाउने निर्णय गरेका छन् ।

उक्त अधिवेशनमा २०२५ देखि २०२७ कार्यकालको लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, क्षेत्रीय संयोजक तथा सह–संयोजक लगायतका नयाँ पदाधिकारी चयन गरिने छन् ।

अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मीरा राणा र नीता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बम्जन छन् । इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले अधिवेशनलाई सफल बनाउन ग्लोबल समिति लागिपरेको बताए ।

इनास ग्लोबलले हाल विविधरुपमा देखिएका चुनौतीपूर्ण अवस्थाको माझ पनि संस्थाको सांगठनिक निरन्तरता र वैधानिकता कायम राख्दै अधिवेशन सफल बनाउन सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय सहयोगको आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?