+
+
Shares

विशेष अफरसहित वीरगन्जमा दिपलको टेस्ट ड्राइभ र एक्स्चेन्ज मेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धिले वीरगन्जमा आगामी ३० असोजदेखि चार दिनसम्म दिपल र अवतार ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ।
  • कार्यक्रममा आईएफ डिजाइन अवार्ड विजेता दिपल एस ०५, एस ०७ आईसीएस, ई ०७, एल ०७ र अवतार ११ प्रदर्शनमा राखिनेछ।
  • कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु, नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र एसेसोरिज सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

२८ असोज, वीरगन्ज । वीरगन्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ अवसरमा एमएडब्लू वृद्धिले आगामी ३० असोजदेखि चार दिने टेस्ट ड्राइभ र एक्स्चेन्जको आयोजना गर्ने भएको छ । जहाँ, ग्राहकले दिपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् ।

यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस ०५ हुनेछ जुन नाडा अटो शोमा शो स्टपरका रुपमा स्थापित भएको थियो । रिमोर्ट इन एन्ड आउट पार्र्किङ, क्विन कोपाइलटसी र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन सिल्ड ब्याट्रीजस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस ०५ चर्चित ईभी बन्न सफल भएको हो ।

यो विशेष एक्स्चेन्जमा दिपल एस ०७ आईसीएस, दिपल ई ०७, दिपल एल ०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ ।
ग्राहकले फ्युचरिस्टिक दिपल ईभी मात्र होइन रोबोटसँग अन्तक्र्रिया गर्न सक्नेछन् ।

आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र निशुल्क एसेसोरिज सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वीरगञ्ज, जनकरपुर हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड हुन यो उत्कृष्ट समय रहेको कम्पनीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?