+

इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

२०८२ असोज  २९ गते ११:३२ २०८२ असोज २९ गते ११:३२
इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले लाटभियाविरुद्ध ५-० को जित निकाल्दै दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि स्थान सुनिश्चित गरेको छ।
  • एन्थोनी गोर्डनले २६औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले अग्रता लिएर पहिलो हाफमा ३-० को स्कोर बनाएको थियो।
  • म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोल र एबरेची एजेलेको गोलले खेल ५-० मा पुर्‍यायो र इंग्ल्यान्डले अहिलेसम्म कुनै गोल बेहोरेको छैन।

२९ असोज, काठमाडौं । फिफा विश्वकप युरोपियन छनोटमा लाटभियाविरुद्ध ५-० को जित निकाल्दै इंग्ल्यान्डले दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।

एन्थोनी गोर्डनले खेलको २६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ह्यारी केनले पहिलो हाफ सकिनै लाग्दा ४४औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि पहिलो हाफमै ३-० ले अगाडि बढ्यो ।

खेलको ५८औं मिनेटमा म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोलपछि एबरेची एजेले ८६औं मिनेटमा गोल गर्दै स्कोर ५-० बनाए।

गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले यस छनोटमा अहिलेसम्म कुनै गोल समेत बेहोरेको छैन।

फिफा विश्वकप २०२६ फिफा विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय