News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले लाटभियाविरुद्ध ५-० को जित निकाल्दै दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि स्थान सुनिश्चित गरेको छ।
- एन्थोनी गोर्डनले २६औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले अग्रता लिएर पहिलो हाफमा ३-० को स्कोर बनाएको थियो।
- म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोल र एबरेची एजेलेको गोलले खेल ५-० मा पुर्यायो र इंग्ल्यान्डले अहिलेसम्म कुनै गोल बेहोरेको छैन।
२९ असोज, काठमाडौं । फिफा विश्वकप युरोपियन छनोटमा लाटभियाविरुद्ध ५-० को जित निकाल्दै इंग्ल्यान्डले दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
एन्थोनी गोर्डनले खेलको २६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ह्यारी केनले पहिलो हाफ सकिनै लाग्दा ४४औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि पहिलो हाफमै ३-० ले अगाडि बढ्यो ।
खेलको ५८औं मिनेटमा म्याक्सिम्स टोनीसेभ्सको आत्मघाती गोलपछि एबरेची एजेले ८६औं मिनेटमा गोल गर्दै स्कोर ५-० बनाए।
गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले यस छनोटमा अहिलेसम्म कुनै गोल समेत बेहोरेको छैन।
प्रतिक्रिया 4