+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले केन्द्रीय सदस्य शेर्पाको प्रस्ताव- नेतृत्वविरुद्ध प्रहार गर्ने सचिवालयका नेताहरूलाई कारबाही गरौं

‘जेनजी आन्दोलनको मौका पारेर संकटको घडीमा मुल नेतृत्वलाई नै प्रहार गरेर पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिँदै हिँड्ने सचिवालय भित्रका नेताहरूलाई यो बैठकले कारबाही गरिनु पर्दछ भन्ने मेरो प्रश्ताव छ,’ उनको प्रस्ताव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १६:१८

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले संकटको घडीमा पार्टी नेतृत्वलाई प्रहार गर्ने सचिवालयकै नेताहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले पार्टीभित्रै भाँडभैलो मच्चाउने र मिडियामा अभिव्यक्ति दिँदै हिँड्ने सचिवालयकै नेताहरूलाई केन्द्रीय कमिटी बैठकबाट कारबाही हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘जेनजी आन्दोलनको मौका पारेर संकटको घडीमा मुल नेतृत्वलाई नै प्रहार गरेर पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिँदै हिँड्ने सचिवालय भित्रका नेताहरूलाई यो बैठकले कारबाही गरिनु पर्दछ भन्ने मेरो प्रश्ताव छ,’ उनको प्रस्ताव छ ।

उनले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउनुपर्छ भन्ने विदेशी खुफियाहरूको एजेन्डा भएको समेत जिकिर गरे ।

‘केपी ओलीलाई हटाउनु पर्छ भन्ने एजेन्डा विदेशी खुफियाहरुको एजेन्डा हो । त्यसलाई कार्यन्वयन गर्ने नेपाली कारिन्दाहरु प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं बनेका हुन्,’ उनले बैठकमा भने, ‘अहिले हाम्रै केही नेताहरूले उनीहरूका एजेन्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुष्मनका एजेन्डालाई मलजल पुग्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराधको बिषय हो। यसको निर्मम समिक्षा हुनु पर्दछ ।’

मुलुक गम्भीर अवस्थामा भएको र यस्तो बेला ओलीले नै पार्टीको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । ‘यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा कमरेड केपी शर्मा ओलीकै निर्विकल्प नेतृत्वमा नेकपा (एमाले) लाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ भन्ने मेरो प्रश्ताव छ,’ उनले बैठकमा प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?