+
+
Shares

एमाले केन्द्रीय कमिटी : १ सय ८४ जना सदस्यले राखे धारणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १९:५१

३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।

बुधबारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार केन्द्रीय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरू रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् । उनीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राखेका हुन् ।

प्रश्तुत रायहरूमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुन:स्थापना गर्नुपर्ने, पुन:स्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनुपर्ने विषय उठेको उनले बताए ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुन:स्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए ।

सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको उनले बताए ।

सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?