+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा प्रस्थान गरी अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन लागेका छन्।
  • राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह टोलीमा सहभागी छन्।
  • अध्यक्ष दाहालले कात्तिक २ देखि ६ गतेसम्म जेनेभामा हुने महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।

टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?