+
+
WC Series
Nepal
165/4 (17.3)
VS
Samoa
0/0
Shares

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले घेरे सामाजिक विकास मन्त्रालय

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:२१

३१ असोज, धनगढी । आन्दोलनरत सुदूरपश्चिम प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना न्यूनतम पेसागत अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन् ।

उनीहरूले माग सम्बोधन गर्नुपर्ने आग्रह सहित मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउदै नेपाल नर्सिङ संघले २३ असोज र २४ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आधिकारिक पत्रका आधारमा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, सेवा सुविधा, पेशागत सम्मान र सुरक्षाको माग गरेका छन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूका तर्फबाट स्टाफ नर्स आस्मा नेगीले ज्ञापनपत्र बुझाउँदै सेवा अवरुद्ध गर्ने उद्देश्य नभएको पेशाको सम्मान कायम राख्दै सबै स्वास्थ्यकर्मीका न्यूनतम अधिकार सुनिश्चित गनुपर्ने बताइन् ।

उनीहरूले बुझाएको ज्ञापन पत्रमा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीका लागि नेपाल सरकार सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गरिनुपर्ने, तोकिएको समयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता दिनुपर्ने, नियुक्ति प्रक्रियामा करार सम्झौता अनिवार्य गरिनुपर्ने लगायत माग राखेका छन् ।

स्वास्थ्यकर्मीहरूले उक्त मागहरू कुनै राजनीतिक स्वार्थ वा व्यक्तिगत लाभका लागि नभई पेसागत मर्यादा र स्वास्थ्य सेवा प्रणालीको गुणस्तर सुधारका लागि अघि सारिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?