+
+
WC Series
Won Nepal
211/4 (20)
VS
Nepal won by 124 runs
Samoa
87/7 (20)
Shares

तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको रोक हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:५३

३१ असोज, काठमाडौं । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउनेगरी लगाइएका रोक हटाइएको छ ।

गत २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो ।

सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

दवाडी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक हुन् । उनी सातवटै प्रदेशका विभिन्न कार्यक्रममा जानपर्ने भएपछि ७ दिनका लागि रोक हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

दुवाडीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत पाँच जनालाई उपत्यका छाड्न रोक लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?