+
+
Shares

रास्वपा सचिवालय बैठक : विस्तारित बैठक एजेन्डाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १९:११

३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी विस्तारित बैठकको एजेन्डाबारे छलफल भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा आगामी विस्तारित बैठकको सहभागिता, विस्तारित बैठकको एजेन्डा र विस्तारित बैठकमा प्राप्त सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरूबारे छलफल गर्दै उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय भएको उनले बताए ।

संवाद समितिको उपसंयोजकमा केन्द्रीय सदस्य शिशिर खनाल र सदस्यमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

संवाद समितिमा आवश्यकता अनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रूपमा संलग्न गराइने निर्णय भएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गठन गरिएको बाचापत्र तयारी समिति विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

समितिमा सचिवालय सदस्य सन्तोष परियार, केन्द्रीय सदस्य सोबिता गौतम, केन्द्रीय सदस्य गणेश कार्की र केन्द्रीय सदस्य डा. नन्दन यादवलाई मनोनयन गर्ने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?