+
+
Shares

मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने

रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको  प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १०:२२

रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको  प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट-किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवारी आवागमन रोक्नुपर्ने प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड-धाउन्ने-पोखरा-छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड-धाउन्ने-नाथिगाड-धपे मार्ग प्रयोग गर्न सक्ने छन् ।

– रुकुमपूर्वबाट बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?