
१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार गौतमको निधनको शोकमा कांग्रेसले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, १३ दिनसम्म तीनै तहका कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ ।
नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्व सभापति गौतमको ८४ वर्षको उमेरमा ३१ असोज ३१ राति ९:१५ बजे काठमाडौको पेप्सीकोलास्थित निजी निवासमा निधन भएको पौडेलले बताए ।
प्रतिक्रिया 4