
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित गायक बाबुल गिरीलाई एक युवतीले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले गिरीलाई उपचारपछि अहिले प्रहरीसँग राखिएको बताए।
- घटना अनामनगरस्थित गिरीको स्टुडियोमा भएको र युवती र गिरीबीच के भएको बुझ्ने काम भइरहेको छ।
काठमाडौँ । एक युवतीले आत्मदाह प्रयास गरेको भनिएको घटनामा प्रहरीले चर्चित गायक तथा संगीतकार बाबुल गिरीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईले सोधपुछका लागि गिरीलाई नियन्त्रणमा लिइएको बताए ।
‘उहाँलाई अहिले हामीसँगै राखिरहेका छौं । घटनामा उहाँ पनि घाइते हुनुहुन्थ्यो । उपचारपछि अहिले हामीसँग हुनुहुन्छ’ भट्टराईले भने, ‘ती युवती र उहाँबीच भएको के हो भन्ने बारेमा बुझ्ने काम भैरहेको छ ।’
गायिका समेत रहेकी नीतु पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4