+
+
Shares

फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय, चुनावमा अवैध आर्थिक सहयोग लिएको आरोप

एक पछिल्लो सर्वेक्षण अनुसार, फ्रान्सका ६० प्रतिशत नागरिकहरूले अदालतको निर्णय उचित भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीलाई सन् २००७ को राष्ट्रपतीय निर्वाचनमा लिबियाबाट अवैध आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ।
  • सारकोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा एकान्त कक्षमा राखिनेछ र दिनको एकपटक बाहिरी प्रांगणमा हिँड्न दिने व्यवस्था गरिएको छ।
  • सारकोजीले फैसलालाई 'अन्यायपूर्ण' भनी अस्वीकार गरेका छन् र उनका छोरा लुइसले सामाजिक सञ्जालमार्फत समर्थनमा घरअगाडि उपस्थित हुन आह्वान गरेका छन्।

२ कात्तिक, पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ ।

उनी युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन् ।

सारकोजीलाई पेरिसस्थित ला सान्ते नामक कारागारमा राखिनेछ । उनलाई एकान्त कक्षमा राखिने जानकारी आएको छ, जसबाट अन्य कैदीहरूसँग प्रत्यक्ष सम्पर्क सीमित हुनेछ ।

यस व्यवस्थाबाट सम्भावित सुरक्षा जोखिम घट्ने विश्वास गरिएको छ । जेल प्रशासनका अनुसार, उनलाई दिनको एकपटक एक्लै बाहिरी प्रांगणमा हिँड्न दिने सुविधा दिइनेछ ।

सारकोजीले यस फैसलालाई ‘अन्यायपूर्ण’ भनी अस्वीकार गरेका छन् र अपिल दायर गरिसकेका छन् । तर, अदालतका अनुसार अपराधको प्रकृति ‘असाधारण रूपमा गम्भीर’ भएकाले अपिलका बाबजुद उनलाई कारावास पठाउने निर्णय लिइएको हो । उहाँका वकिलहरूले जेल प्रवेशपछि तात्कालिक रिहाइको माग गर्ने जनाएका छन् ।

पूर्व राष्ट्रपति सारकोजीले विगतमा पनि केही कानुनी चुनौतीहरूको सामना गरिसकेका छन् । एक मुद्दामा उनले एक न्यायाधीशबाट व्यक्तिगत फाइदा लिन खोजेको आरोपमा इलेक्ट्रोनिक निगरानीसहितको सजाय भोगेका थिए ।

हालको मुद्दामा उनीमाथि लिबियाली नेतासँग सन् २००५ मा अवैध आर्थिक लेनदेनको षड्यन्त्रमा संलग्न भएको आरोप थियो । यद्यपि, अदालतले उनलाई चन्दा प्राप्त गरेको प्रमाण नपाएपछि त्यसमा सफाइ दिएको छ ।

एक पछिल्लो सर्वेक्षण अनुसार, फ्रान्सका ६० प्रतिशत नागरिकहरूले अदालतको निर्णय उचित भएको बताएका छन् । यद्यपि, सारकोजी अझै पनि दक्षिणपन्थी समर्थकहरूबीच लोकप्रिय व्यक्तित्वका रूपमा रहेका छन् ।

उनका छोरा लुइस सारकोजीले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफ्ना पिताको समर्थनमा घरअगाडि उपस्थित हुन आह्वान गरेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?