+
+
Shares

सुगम पोखरेलले ल्याए नयाँ गीत ‘भाइटीका’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुगम पोखरेलले तिहारको अवसरमा नयाँ गीत 'भाइटीका' सार्वजनिक गरेका छन्।
  • गीतमा संगीता राना प्रधानले गायनमा साथ दिएकी छन् र भिडियोमा शारदा लामिछाने र नमन राणाले अभिनय गरेका छन्।
  • गीतमा दिदीभाइको स्नेह र भाइटीकाको सांस्कृतिक महत्व समेटिएको छ।

दिदीको हातको टीका
लाउनलाई निधारमा
भेट्न आउँदैछु म दिदी
यसपाली तिहारमा

झिलिमिली दियो बत्ती
उनी सयपत्रीको माला
बाटो हेरि पर्खिबस्नु है
म आउँछु साइतमा
यो भाइटीकामा…

सुगम पोखरेलले आफ्नो गायन, संगीत र शब्दमा नयाँ गीत ‘भाइटीका’ सार्वजनिक गरेका छन् । तिहारको अवसरमा आइतबार सार्वजनिक गीतको गायनमा उनलाई संगीता राना प्रधानले साथ दिएकी छन् ।

गीतको भिडियोमा सुगमसहित शारदा लामिछाने र नमन राणाले अभिनय गरेका छन् । शुभसाइतमा दिदीको हातको टीका लगाउन खुसी हुँदै जाँदै गरेको भाइको भावबाट गीत तयार पारिएको छ ।

दिदीभाइको स्नेह पनि भिडियोमा समेटिएको छ । तपाईं यो तिहार र भाइटीकामा उत्कृष्ट गीतको पर्खाइमा हुनुहुन्छ भने पोखरेलको यो गीत दर्शनीय र कर्णप्रिय हुनसक्छ ।

गएको दशैंमा सुगमले ‘नवमी’ एल्बम ल्याएका थिए । सुगमका फ्यानका लागि यसवर्षको दशैंतिहार खास रह्यो । आफ्ना प्रिय गायकको गीत सुन्न अधैर्य प्रशंसकलाई सुगमको नयाँ गीत पक्कै पनि उपहार हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?