+
+
Shares

मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटियो, थप अनुसन्धान गर्दै प्रहरी

सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ राउण्ड गोली भेटाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १७:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ।
  • सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा थ्रीनटथ्री राइफलका ५ राउण्ड र एसएलआरका २ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
  • गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट प्रदर्शनकारीहरूले बन्दुक खोसेका थिए।

३ कात्तिक, भक्तपुर। प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ ।

सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ राउण्ड गोली भेटाएको हो ।

उक्त गोली कात्तिक २ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भेटाएको हो ।

बरामद उक्त गोलीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट प्रदर्शनकारीहरूले बन्दुक खोसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?