+
+
Shares

गणतन्त्रले विविध जाति, धर्म र समुदायलाई पहिचान दिएको छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

तिहारको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताएका छन्।
  • दाहालले तिहार पर्वले विविध जाति, धर्म र समुदायका सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको उल्लेख गर्नुभयो।
  • दाहालले तिहारले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।

३ कात्तिक, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताएका छन्।

तिहारको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको पनि बताएका छन् ।

विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत भएको उनको भनाइ छ । चाडपर्वले पर्वले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकतासुदृढ गर्ने उनको विश्वास छ ।

उनका अनुसार कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ । उनी अगाडि लेख्छन्, ‘यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्व कति रहेछ भन्ने देखाउँछ ।’

तिहारको अन्तिम अर्थात् पाँचौँ दिन भाइटीका मनाइन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलन गराउने दाहालको विश्वास छ ।

तिहारमा खेलिने देउसी भैलो लगायतका सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताएका छन् ।

अन्तिममा उनी लेख्छन्, ‘तिहार पर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वासका साथ फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?